मिड सोलु हाइड्रोपावरको साधारण सभा जेठ २३ गते, आईपीओ निष्काशन मुख्य एजेण्डा
काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा जेठ २३ गतेका लागि बोलाएको छ । जेठ ४ गते बसेको संचालन समितिको बैठकले सभा कम्पनीका रजिष्टर्ड कार्यालय कामनपा वडा नं ३१ मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले कम्पनीको हाल कायम पूँजी संरचना संशोधन गर्ने र सोका लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले पूँजी वृद्धि पछि सोही बमोजिम आईपीओ निष्कासन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।














