नेपाल हाईड्रो डेभलोपरको बिशेष साधारण सभा असार १३ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल हाईड्रो डेभलोपर लिमिटेडले बिशेष साधारण सभा असार १३ गतेका लागि बोलाएको छ । जेठ २६ गते बसेको संचालक समितिको बैठकले काबेरी इन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
सभाले नियमावलीको नियम २३ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ३ (१) संशोधन गर्ने र कम्पनीको नियमावलीमा भएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्ने कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।
साथै, विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले असार १ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।













