अपि पावरको अवितरित हकप्रद शेयर बाँडफाँट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अपि पावरको अवितरित हकप्रद शेयर बाँडफाँट



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीको एक सूचना प्रकाशित गर्दै अवितरित हकप्रद शेयर असार ५ गते आइतबार बाँडफाँट गरेको जनाएको हो ।

कम्पनीले जेठ १८ गतेदेखि २६ गतेसम्म सर्वसाधारण समूहतर्फको ४ लाख ४९ हजार ३२६ कित्ता अवितरित हकप्रद विक्री खुला गरेको थियो । कम्पनीको अन्तिम मूल्य २४० राखी शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

साथै, आवेदकहरुको बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता असार ८ गते देखि हुने क्यापिटलले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्