लमजुङ्ग विद्युत विकास कम्पनीको विशेष साधारण सभा असार २९ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । लमजुङ्ग विद्युत विकास कम्पनी लिमिटेडले असार २९ गते बिशेष साधारण सभा बोलाएको छ । असार १२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र हालसम्मको संशोधन सहितको एकीकृत प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा तथा एकीकृत प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरिएको छ ।














