अपर तामाकोशीद्धारा स्थानीय शेयरधनीहरुलाई हितग्राही खाता खोली शेयर अभौतिकिकरण गर्ने अनुरोध
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय शेयरधनीहरुलाई हितग्राही खाता खोली शेयर अभौतिकिकरण गर्ने आग्रह गरेको छ ।
कम्पनीले दोलखा जिल्लाका स्थानीय बासिन्दाहरुको लागि बाँडफाँड गरेको शेयर भौतिक प्रमाणपत्र वितरण नगरी शेयरधनीहरुको सुविधाको लागि सोझै सम्बन्धितहरुको हितग्राही खतामा जम्मा हुने गरी अभौतिकिकरण गर्ने ब्यवस्था रहेको छ । त्यसैले हालसम्म पनि उल्लेख्य संख्या शेयरधनीहरुले डिम्याट खाता उपलब्ध शेयर अभौतिकिकरण गर्न बाँकी रहेको हुदाँ यथाशिघ्र शेयर अभौतिकिरण गर्न कम्पनीले भनेको छ ।
साथै, कम्पनीको शेयर रजिष्ट्रार सनराइज लिमिटेडबाट २०७९ असार मसान्तसम्म नि शुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिएको हुदाँ हितग्राही खाता खोली अभाौतिकिकरण गर्न बाँकी रहेको आयोजना प्रभावित स्थानीय शेयरधनीहरुले २०७९ असार मसान्तसम्म निशुल्क खाता खोली शेयर अभौतिकिकरण गर्ने आग्रह गरेको हो ।














