१० प्रतिशत लाभांश पारितका लागि सगरमाथा जलविद्युतका साधारण सभा साउन २५ गते
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको दोस्रो वार्षिक साधारणसभा साउन २५ गतेका लागि बोलाएको छ । साउन २ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ९ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आर्थिक वर्ष २०७८÷०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०७९÷०८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गर्नुछ ।













