कसुवा खोला हाईड्रोपावरको साधारणसभा भदौ २ गते गर्ने तयारी
काठमाडौं । कसुवा खोला हाईड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा भदौ २ गते गर्ने तयारी भएको छ । कम्पनीको साउन १० गते बसेको सञ्चालक समिति बैठकमा साधारणसभा गर्ने निर्णय भएको हो । सभा काठमाडौंको त्रिपुरेश्वरस्थित कार्यालयमा गरिने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १९ गतेदेखि भदौ २ गतेसम्म बुक क्लोज गर्नेछ । त्यसकारण साउन १८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।













