किन बन्द भयो दोलखा हाइड्रोपावर कम्पनीको कारोबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

किन बन्द भयो दोलखा हाइड्रोपावर कम्पनीको कारोबार ?



काठमाडौं । दोलखा हाइड्रोपावर कम्पनीको कारोबार बन्द भएको छ । बजार चलिरहेकै समयमा बोर्ड बैठक गरेको र बुकक्लोज दिन भन्दा ७ दिन अघि नै सूचना दिईसक्नु पर्नेमा त्यो समेत नदिएकोले कम्पनीलाई स्पष्टिकरण सोधि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।

कम्पनीले गत शुक्रबार बिहान ११ बजे बोर्ड बैठक राखि ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभा प्रययोजनको लागि कम्पनीले साउन १९ गते बुकक्लोज गर्ने जनाएको छ । तर यसको सूचना १४ गते मात्रै दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्