नेशनल हाइड्रोपावर १ अर्ब ७४ लाख नोक्सानमा, विद्युत् विक्री आम्दानी भने ९३ प्रतिशतले बढ्यो
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । हाइड्रोपावरले सार्वजनिक गरको विवरण अनुसार खुद नोक्सानमा रहेको । यस अवधिमा कम्पनीको १ करोड ७४ लाख रूपैयाँ खुद नोक्सानीमा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नोक्सानीमा कमी आएको हो । अघिल्लो आवको यस अवधिसम्म कम्पनी २ करोड २१ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।
असार मसान्तसम्मको अवधिमामा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने बढेको छ । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी भने ९३.५० प्रतिशत ले बढेर ४ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा २ करोड ५४ लाख रूपैयाँभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले गत आवमा ४ करोड ९१ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको वित्तीय खर्च पनि ६२ प्रतिशतले घटेर ५७ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको वित्तीय खर्च १ करोड ५१ लाख रूपैयाँ वित्तीय खर्च भएको कम्पनीको गत आवमा ५७ लाख रूपैयाँभन्दा बढी भएको थियो । यसको रिजर्भ कोषमा भने १ करोड ७० लाख रुपैयाँ रहेको छ ।
असार मसान्तसम्ममा यसको प्रतिसेयर आम्दानी वार्षिक ०.८६ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ९४ पैसा छ ।













