नेशनल हाइड्रो पावरका संचालक अतेन्द्र श्रेष्ठले दिए राजिनामा
काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड संचालन अतेन्द्र बहादुर श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।
श्रेष्ठले आफ्नो घर परिवारमा उत्पन्न परिस्थितिलाई देखाउदै २०७८ चैत ११ गते राजीनामा दिएका थिए ।उनको राजिनामा २०७९ बैशाख २८ गते बसेको संचालक समितिको बैठकले स्विकृत गरेको हो ।














