मन्दाकिनी हाइड्रोपावरको कति तोकीएला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गते, सोमबारदेखि साउन १२ गते, बिहीबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आईपीओ बाँडफाँड साउन १७ गते, मंगलबार नै सम्पन्न भइसकेको छ ।
आईपीओ बाँडफाँड भएपछि आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्नेमा सबैको चासो रहेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०२ रूपैयाँदेखि अधिकतम ३ सय ६ रुपैयाँ ओपनिङ रेञ्ज निर्धारण गर्ने संभाबना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।













