हिमालयन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त



काठमाडौं । हिमालयन हाइड्रोपावर लि. ले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि ग्लोबल आइएमई क्यापीटल लि.लाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापीटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त हाइड्रोपावर कम्पनी र क्यापीटल बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा हाइड्रोपावर कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अभिषेक के.सी. र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७७/०६/१२ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको र उत्पादित विद्युत शक्ति राष्ट्रिय प्रसारण लाईनमा जोडिइसकेको यस कम्पनीको अधिकृत पुँजी रु. १९८ करोड तथा जारी पुँजी रु. १०९.५० करोड रहेको छ ।

सर्वसाधारण समुहतर्फ छुट्याइएको २०.५५ प्रतिशत अर्थात रु. २२.५० करोड बराबरको शेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ जिल्लाका स्थानिय बासिन्दाहरुको लागि ८.२२ प्रतिशत अर्थात रु. ९ करोड र सर्वसाधारणको लागि १२.३३प्रतिशत अर्थात रु. १३.५० करोड बराबरको शेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरिसकिएको छ । मिति २०७९÷०३÷१५ गते देखि मिति २०७९÷०३÷१९ गतेसम्म सर्वसाधारणको लागि शेयरको निष्कासन तथा बिक्री खुल्ला भएको यस कम्पनीको सार्वजनिक निष्कासनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्