अपर तामाकोशी हाईड्रोपावरको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अपर तामाकोशी हाईड्रोपावरको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं । अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले १४ औं वार्षिक साधारणसभा आज (भदौं ३ गते) बस्दैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे बस्दै छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभामा सर्वसाधारण शेयरधनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिलासहित ४ जना सञ्चालकहरूको निर्वाचनसमेत हुनेछ ।

साधारणसभाको विशेष प्रस्तावमा पूँजी वृद्धिको विषय रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साधारणसभाले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारीपश्चात् कम्पनीको चुक्तापूँजी रू। २१ अर्ब १८ करोड पुग्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १८ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा साउन १७ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्