नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा आज राति साढे ९ बजे उनको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा.पंकजकुमार बर्मनले जानकारी दिए ।
प्रतिनिधिसभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवं समाजवादी चिन्तक गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात् नेपाल फर्किएका थिए।
सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
















