शान्ति विद्यागृहको हीरक वार्षिकोत्सवको तयारी पूरा
काठमाडौं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले भदौ १६, १७ र १८ गते विभिन्नकार्यक्रमआयोजना गरी ७५औं वार्षिकोत्सवतथाहीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले जानकारी दिए । शान्ति विद्यागृह २००४ वैशाख १९ गते स्थापना भएको शिक्षण संस्था हो ।
विद्यालयको हीरक महोत्सवगत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित गर्नु परेको भण्डारीले बताए । हीरक महोत्सवअन्तर्गत भदौ १६ गते प्रभातफेरी र हालअध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा छात्रवृत्तिवितरण कार्यक्रम छ । १७गते पूर्वविद्यार्थी, शिक्षक, सल्लाहकार, अक्षय कोषदाता र अन्य सहयोगीलाई सम्मानमायाको चिनो र सम्मानगर्ने कार्यक्रम तय भएको छ । १८ गते शनिबर स्मारिका र शान्तिकविताविमोचन, संस्थापकहरु, पूर्व प्रधानअध्यापकहरु, संस्थापकशिक्षकहरु, पूर्व विद्यालयव्यवस्थापन समितिकाअध्यक्षहरु, कवि, एवं अन्यव्यक्तित्वलाई अभिनन्दन र सम्मानगर्ने कार्यक्रम छ ।
्
१६ गतेको कार्यक्रममाशिक्षाविकास तथा समनवयइकाइ काठमाडौंका प्रमुखनन्दलालपौडेल, १७गते त्रिभुवनविश्वविद्यालयकापूर्व उपलकुलपतिशंकरराज पाठक र १९ गते पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानप्रमुखअतिथिको रुपमाकार्यक्रममा सहभागीहुने विद्यालयव्यवस्थापनले जनाएको छ । शान्तिविद्यागृह गल्कोपाखाका प्रसिद्ध कविराजलम्बोदर भण्डारीको घरबाट सुरु भएको थियो । एक वर्षपछि ठमेल स्थित भगवान बहालमा भाडाको घरमा सारियो । त्यहाँ करीब ३ वर्ष पठनपाठन चल्यो । त्यसपछि अहिले भवनभएको ठाउँमा आफ्नै जग्गामा पढाउन थालिएको शान्ति विद्या गृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकर लाल मानन्धर बताउछन् ।
शान्ति विद्यागृहमा स्थापनाको दिन बिहान साढे ६ बजे जनक विकेशरी धर्मराज थापाबाट सरस्वती वन्दना वाचन गर्दै प्रथमकक्षा सुरु गरिएको थियो । सुरुमा लैनचौर, ठमेल, गल्कोपाखा, पकनाजोल क्षेत्रकाकरिब ३ सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्तिविद्यागृह प्राथमिक स्कुलपट्टि र छात्रालाई शान्तिविद्यागृह कन्याप्राथमिक स्कुलपट्टि राखेर पढाइयो । २०५२ सालदेखि यो विद्यालय सहशिक्षालयमा परिणत भयो । अहिले विद्यालयमापूर्वप्राथमिक‘ईसीडी’ देखि १२ कक्षासम्म पढाइ हुन्छ । यस विद्यालयमाअहिले ६ सय २ छात्र र ५ सय १८ छात्रा अध्ययनगरिहेका छन् । उनीहरूलाई पढाउन ७जनाशिक्षक र ३२ जनाशिक्षिका छन् ।
पद्मशमशेरका पालामा २००४ सालमा स्थापित यो विद्यालय राणाकालमा खुलेका विद्यालयमध्येको एक पनिहो । विद्यालयले २००९ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सहभागी गराउँदै आएको छ । यो विद्यालयबाट निस्केका विद्यार्थी देश÷विदेशका साथै विभिन्न क्षेत्रमा स्थापित भएकाछन् ।
स्थापनादेखि २०३० सालसम्म सामुदायिक रूपमाचलेको यो विद्यालय त्यसपछिको १६ वर्ष सामुदायिक तथा सरकारी अवधारणामा सञ्चालन गरियो । २०४६ सालयताभने विद्यालय पूरै सरकारी अवधारणा अनुसार चल्दै आएको छ ।
















