कुथेली बखरी स्मल हाइड्रोपावरको साधारण सभा असोज ८ गते - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कुथेली बखरी स्मल हाइड्रोपावरको साधारण सभा असोज ८ गते



काठमाडौं । कुथेली बखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको ११औं वार्षिक साधारण सभा असोज ८ गतेका लागि बोलाएको छ । भदौ ४ गते बसेको संचालक समितिको बैठकले सभा जर्मन हाउस एण्ड हस्पिटालिटी गठ्ठाघर, साझा पेट्रोल पम्प नजिकै दिउँसो २ बजेका लागि बोलाएको हो ।

सभाले कम्पनीले संचालक समितिको प्रस्ताव बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ दशमलव ५० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७७÷७८ को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने समेत सभाको कार्यसूची रहेको छ ।


प्रतिक्रिया दिनुहोस्