४८ प्रतिशतले बढ्यो सयपत्री हाइड्रोपावरको नाफा, कस्ता छन् अन्य सूचकहरु ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

४८ प्रतिशतले बढ्यो सयपत्री हाइड्रोपावरको नाफा, कस्ता छन् अन्य सूचकहरु ?



काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवमा कम्पनीले १ करोड ५० लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ४८.२२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १ करोड १ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको आम्दानी वृद्धि भएकाले नाफा बढ्नमा टेवा पुगेको हो । गत आवमा कम्पनीको प्रत्यक्ष आम्दानी २० प्रतिशतले वृद्धि भई ६ करोड ६४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा कम्पनीको संचालन नाफा ६ करोड ४० लाख ६४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा २ करोड ४२ लाख ९६ हजार रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ७ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ १६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्