तमोर जलविद्युतको खरिदबिक्री दर निर्धारण
काठमाडौं । विद्युत नियमन आयोगको आयोजनामा उपर तमोर जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण गर्ने सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोग समक्ष तमोर सानीमा इनर्जी प्रा.लि. द्धारा प्रबद्र्धित ताप्लेजुङको फक्ताङलुङ्ग गाउँपालिका र फुङ्गलिङ्ग नगरपालिका अवस्थित माथिल्लो तमोर जलविद्युत आयोजना २५५.२८१ मेगावाटबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेश भएको निवेदन उपर छलफल गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १०० मेगावाट भन्दा माथिका प्रोजेक्टहरुको मूल्य निर्धार विद्युत नियगन आयोगले गर्नै भएकाले सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताए ।
घिसिङका अनुसार नेपाल विद्यत प्राधिकरणले नेपालमा जति पनि जलविद्युत निर्माण भएका छन् । ‘आइ पिपिएलबाट विद्युत खरिद गर्ने गर्छौ । अहिलेसम्म ३५७ ओटा आयोजनाहरुबाट विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता गरेको छ । यो मध्येमा धेरैजसो रन फेयर प्रोजेक्ट नै छन् । प्राईभेट सेक्टरबाट आएका योजनामा विद्युत प्राधिकरणले र सरकारबाट प्राप्त कोटा जलाशययुक्त रन ,अफ ईअर अन्र्तगत रहेका कोटा सबै आइसकेका छन् .’। उनले बताए ।
कार्यक्रममा सानिमा इनर्जी प्रा.ली.का सन्चालक प्रकृतिराज तिमिल्सीनाका अनुसार २५५.२८१ मेगावाटबाट उत्पादन क्षमता रहेको छ । नेपाल प्राधिकरणबाट प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद,बिक्रीदर वर्षायममा प्रतियुनिट ४.८० र सख्खायममा peaking अवधिकोलागि प्रतियुनिट १०.५५ र non peaking अवधिकालागि प्रतियुनिट ८.४० रहेको छ । आयोजनाबाट उत्पादन हने कुल विद्युतीय उर्जा १४७९.८८ गिगावाट घण्टा रहेको छ । उक्त आयोजनाको अनुमानित लागत ४५, ९५५,०००,००० रहेको छ ।
















