नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिकको साधारण सभा असोज ११ गते, के के छन् एजेण्डा ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिकको साधारण सभा असोज ११ गते, के के छन् एजेण्डा ?



काठमाडौं । नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडको असोज ११ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले सभा जिल्ला रुपन्देही, बुटवल उप–महानगरपालिका, बुटवल स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे गरी आव्हान गरेको हो ।

भदौ २३ गतेका लागि बोलाएको साधारण सभामा कोरम संख्या नपुगेपछि असोज ११ गते गर्ने निर्णय संचालक समितिले गरेको थियो ।

उक्त सभामा कम्पनीको सभाको लागि आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।


प्रतिक्रिया दिनुहोस्