रु रु जलविद्युतले १०.५२ प्रतिशत लाभांश दिने, साधारण सभा र बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

रु रु जलविद्युतले १०.५२ प्रतिशत लाभांश दिने, साधारण सभा र बुक क्लोज कहिले ?



काठमाडौं । रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।उक्त लाभांश पारित गर्नका लागि कम्पनीले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलएको छ । सभा बानेश्वर ब्याङ्केट, थापा गाउँमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

कम्पनीले सभाभा गत आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी नाफा नोक्सान लगायतका विषयमा छलफल गर्नेछ ।

यस्तै चालु आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारिते गर्नेछ । साधाराण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २७ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्