अप्पर स्याङ्गे हाइड्रोपावर साधारण सभा असोज ३१ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले छैठौं वार्षिक साधारण सभा असोज ३१ गतेका लागि बोलाएको छ । कम्पनीको भदौ २१ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रिय कार्यालय चन्डोल ४, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै नाफा नोक्सान हिसाब गर्ने पनि पारित गर्ने छ । साथै, आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाको कार्य सूचीमा समावेश गरीएको छ ।












