सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन



काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार (असोज ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरणका लागि असोज १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ असोज ११ गतेसम्म कायम शेयरधनीहरुलेमात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनी गत आवको मुनाफाबाट चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आउँदो कात्तिक २ गते ११ वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्