ओपेकले उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

ओपेकले उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि



काठमाडौं । ओपेक प्लसले तेलको उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ । तेल उत्पादक तथा निर्यातकर्ता राष्ट्रहरूको साझा संस्था ओपेकले उत्पादन कटौती गर्ने निर्णय गरेसँगैे मूल्य वृद्धि हुन थालेको हो।

तेलसम्बन्धी मूल्यको जानकारी दिने आयल प्राइस डटकमका अनुसार ओपेक राष्ट्रहरूले विश्वव्यापीरूपमा तेलको माग घट्ने विश्लेषण गर्दै दैनिक २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेका थिए । सो निर्णयसँगै विश्व बजारमा तेलको मागमा चाप पर्न सुरू भएपछि मूल्य बढ्न थालेको हो ।

ओपेक राष्ट्रहरूको नेता साउदी अरबको चाहनाअनुसार उत्पादन कटौती गरिएको हो । यसअघि प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा कम मूल्यमा आइपुगेको कच्चा तेलको भाउ फेरी बढ्न थालेको छ ।

ओपेक मुलुकहरूको उक्त निर्णयसँगै हाल कच्चा तेलको मूल्य प्रति ब्यारेल ९५ अमेरिकी डलरसम्म पुगेको छ । यो करिब २० अमेरिकी डलर प्रतिब्यारेलसम्मको वृद्धि हो । युक्रेनमाथि हमला गरेपछि पश्चिमा मुलुकहरूले विश्व बजारमा रुसको तेललाई प्रतिबन्ध लगाएका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्