गणपूरक संख्या नपुगेर स्थगित नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा असार २९ गते - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गणपूरक संख्या नपुगेर स्थगित नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा असार २९ गते



काठमाडौं । गणपूरक संख्या (कोरम) नपुगेपछि नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा स्थगित भएको छ । कम्पनीले असार १३ गते सभा बोलाएकोमा आवश्यक संख्या नपुगे पछि स्थगित भएो थियो ।

सोमबारको सभा स्थगित भएकाले कम्पनीले अब असार २९ गते विशेष सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डील्लीबजार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीको नियमावली संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेस हुने जनाइएको छ । सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको हुदाँ असार १ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्