कोरम नपुगेर स्थगित नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा बुधबार बस्दैं
काठमाडौं । गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा बुधबार (असार २९ गते) बस्दैछ । कम्पनीको असार १३ गते सभा बोलाएकोमा आवश्यक संख्या नपुगे पछि स्थगित भएको थियो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय डील्लीबजार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीको नियमावली संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेस हुने जनाइएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको हुदाँ असार १ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् ।













