रसुवागढी हाइड्रोपावर आइपीओमा आवेदन दिनेको संख्या कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रसुवागढी हाइड्रोपावर आइपीओमा आवेदन दिनेको संख्या कति ?



काठमाडौं । रसुवागढी हाइड्रोपावर आइपीओमा ६७ करोड ४० लाख ७४ रुपैयाँ बराबरको आवेदन परेको छ । आज बिहान १० बजेसम्ममा ३६ हजार ५२२ जना आवेदकले ६७ लाख ४० हजार ७४० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले असार १३ गतेबाट आयोजना प्रभावित स्थानीयलाई १०० अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो । यसमा साउन ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं १ थुमन र वडा नं २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं। ४ गोल्जुङ र वडा नं ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्नेछन् । गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं ३ बृद्धम, वडा नं ४ लाङटाङ, वडा नं ५ स्याफ्रुबेशी र वडा नं ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्नेछन ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्