१०.५२ प्रतिशत लाभांश छुट्ला है ! सुरक्षित गर्ने भोलि अन्तिम मौका, बोनस कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

१०.५२ प्रतिशत लाभांश छुट्ला है ! सुरक्षित गर्ने भोलि अन्तिम मौका, बोनस कति ?



काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने भोलि अर्थात असोज २६ गते अन्तिम मौका रहेको छ ।

परियोजनाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गर्दैछ । यसका आधारमा भोलिसम्म कायम सेयरधनीहरुले लाभांश पाउने छन् ।

परियोजनाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा बोलाएको छ । सभा बानेश्वर ब्याङ्केट, थापागाउँमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

सभामा गत आवको संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरि नाफा नोक्सान लगायतका विषय पारित गर्नेछ ।
सोही सभाले चालु आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्