रु रु जलविद्युतको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । रु रु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको १० प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो ।
समायोजनपछि नेप्सले प्रतिकित्ता ७५१ रुपैयाँ ८२ पैसा तोकेको छ । कम्पनीको बुधवार कायम अन्तिम कारोबार मूल्य ८१७ रुपैयाँको आधारमा समायोजन गरेको हो ।












