काठमाडाैं । घाम पावरलाई सन् २०२५ को किलिङ कर्भ पुरस्कारबाट सम्मानित गरिएको छ, जुन विश्वभरबाट जलवायु परिवर्तन विरुद्धका प्रभावशाली समाधानहरूलाई प्रदान गरिने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । घाम पावरले ग्रामीण समुदायहरू र उद्योगहरूलाई स्वच्छ तथा वितरण आधारित सौर्य ऊर्जामार्फत सशक्त बनाउँदै नेपालको जलवायु सहनशीलता निर्माणमा पुऱ्याएको योगदानका लागि यो