काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको बुधवार बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।