चैत महिनामा मात्रै आइएमई लाइफले दियो १ करोड २६ लाख दावी भुक्तानी « Arthapath.com
२ बैशाख २०८१, आईतवार

चैत महिनामा मात्रै आइएमई लाइफले दियो १ करोड २६ लाख दावी भुक्तानी



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एकै महिनामा १ करोड बढी दावी भुक्तानी दिएको छ ।

कम्पनीले चैत महिनामा मात्रै १ करोड २६ लाख ६३ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको हो । चैतमा कम्पनीले कुल २८ वटा बीमालेखहरु सो बराबरको रकम दावी भुक्तानी दिएको जनाएको छ ।

गत फागुनमा पनि कम्पनीले ३५ वटा बीमालेखमा १ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको थियो । दावी परेको छोटो समयमा नै आइएमई लाइफले भुक्तानी गर्ने गरेको हो । ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्