कोरोना दोस्रो लहर : आईसीयूमा आगलागी हुँदा १३ जनाको ज्यान गयो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कोरोना दोस्रो लहर : आईसीयूमा आगलागी हुँदा १३ जनाको ज्यान गयो



काठमाडौं ।, भारतमा मुम्बई नजिकैको कोभिड बिरामी उपचाररत अस्पतालको सघन उपचार कक्ष, आईसीयूमा भएको आगलागीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

शुक्रवार बिहान लागेको आगो निभाइएको र जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन्। यो घटना भारतमा कोरोनाभाइरस सङ्क्रमणको घातक दोस्रो लहर चलिरहँदा भएको छ ।

दोस्रो लहरका कारण अस्पतालहरूमा बिरामीको भिड छ र तिनमा अक्सिजन, आईसीयू शय्या र भेन्टिलेटरको कमी भएको छ ।शुक्रवार भारतमा तीन लाख ३२ हजार सात सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ जुन संसारका कुनै पनि देशमा एक दिनमा पुष्टि भएको सर्वाधिक सङ्क्रमण सङ्ख्या हो

भारतमा चुनावी सभामा प्रतिबन्ध, दिल्लीका अस्पतालमा ’अक्सिजनको अभाव’कोरोनाभाइरसको भारतीय भेरिअन्ट कति खतरनाक, के खोपले काम गर्छशुक्रवार प्राप्त पछिल्लो विवरण अनुसार त्यहाँ थप २,२६३ जनाको मृत्यु भएको छ जुन भारतमा हालसम्मको सर्वाधिक दैनिक मृत्यु सङ्ख्या हो।

आगलागी महाराष्ट्र राज्यमा मुम्बईभन्दा ७० किलोमिटर पर रहेको विरार क्षेत्रको विजय वल्लभ अस्पतालमा भएको थियो। आगलागी कसरी सुरु भयो भन्ने स्पष्ट छैन र महाराष्ट्रमा मुख्यमन्त्रीले अनुसन्धान गर्ने आदेश दिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनालाई दुःखद भनेका छन्।भारतमा सङ्क्रमण बढ्दै गएर स्वास्थ्य सेवामा अभूतपूर्व दबाव परेपछि मोदीले शुक्रवार अतिप्रभावित राज्यका मुख्यमन्त्री र अक्सिजन निर्माताहरूसँग छलफल गर्दै छन्।

भारतको सर्वोच्च अदालतले शुक्रवारसम्म अक्सिजन, औषधि र खोप आपूर्ति एवम् उपचारको राष्ट्रिय योजना बुझाउन सरकारलाई आदेश दिएको छ । अदालतले राष्ट्रिय स्वास्थ्य आपत्कालको अवस्था रहेको बताएको छ।

दुई दिनअघि महाराष्ट्रको अर्को अस्पतालमा भेन्टिलेटरमा अक्सिजन रोकिँदा २४ कोभिड बिरामीको मृत्यु भएको बताइएको थियो। नासिकको जाकिर अस्पतालमा अक्सिजन ट्याङ्की भरिँदै गर्दा अक्सिजन फुस्किएर त्यस्तो भएको जनाइएको थियो । बिबिसीबाट


प्रतिक्रिया दिनुहोस्