प्रहरी प्रधान कार्यालयमा ४५ सहित देशभर ९३ जना प्रहरीमा कोरोना संक्रमण
काठमाडौं । प्रहरी प्रधान कार्यलयमा नक्सालमा ४५ सहित देशभर ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।
मंगलबारसम्ममा देशभर ९३ प्रहरीमा संक्रमण देखिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले बताएका छन ।
त्यस्तैगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका कार्यालयमा पनि २२ जनामा कोरोना संक्रमण देखिएको रानिपोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले जानकारी दिएका छन ।
कोरोना संक्रमण बढेसंगै उपत्यकामा १६ गते विहान ६ बजेबाट २२ गते राति १२ बजेसम्म १ साता लकडाउन गर्ने निर्णय भएको छ ।













