नुवाकोटको विदुरमा पुल भासिएपछि नुवाकोट र रसुवाको यातयात सम्बन्द विच्छेद
नुवाकोट । हिजो परेको भिषण वर्षाको कारण पासाङ ल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मैथलि ब्यारेकमा पुल भासिएको छ ।
पुल भासिएपछि नुवाकोट र रसुवाको यातायात ठप्प हुन पुगेको हो । पुल भासियर यातयात आवजजावज ठप्प भएपछि नुवाकोट तथा रसुवा जाने यात्रुहरु विचबाटोमा अलपत्र परेका छन ।

हिजो राति करिब ९ बजेतिर पुलको जगमा क्षति पु¥याएसँगै सडक पूर्णरूपमा अवरुद्ध हुँदा विदुरबाट मैथली ब्यारेक हुँदै बट्टारतर्फ जाने सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
क्षति पुगेको पुल र अवरोध भएको सडक खुलाउनको लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।














