कोरोनाबाट थप एक जनाको मृत्यु, ३१८ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जना र २ हजार २३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ जना गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ९६७८ जना संक्रिय संक्रमित छन् ।
















