सुनको मुल्य बढ्यो कत्तिमा हुँदैछ कारोबार
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । हिजो १४०० रुपैँयाले घटेर ९६ हजार ६ सय रुपैँयाले झरेको छापावाला सुनको मुल्य आज फेरी १६०० रुपैँयाले बृद्धि भएको छ । बढेको मुल्य अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैँयामा कारोबार भईरहेको छ ।
त्यसैगरी तेजाबी सुनको मुल्य समेत आज तोलामा १६ सय रुपैँयाले नै बढ्दै ९७ हजार ७०० रुपैँयामा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















