थप १२६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३८५ जना निको भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८८७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ भने ९ लाख ५८ हजार १९३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २४२ जना रहेका छन् ।
















