सुनको भाउ तोलामा एक लाख ३ हजार
काठमाण्डौं । सुनको भाउ लगातार बढेर नयाँ रेकर्ड कायम गर्ने लयमा छ । रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ ।
दुई देशबीचको युद्धकै कारण सुनको भाउ समेत लगातार बढ्दै गएको छ। आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ ।
यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । यसपालि भाउ बढेर नयाँ रेकर्ड बन्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा पुगेको छ ।
















