थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ४२९ जना कोरोना मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र २ हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ११२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन भने ४२९ जना निको भएका छन् ।
बिहिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ६६४ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ भने ९ लाख ६० हजार ४९७ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३४० जना रहेका छन् ।
















