हिम पर्वत हाइड्रोपावरको विशेष साधारण सभा जेठ २५ गते, के के छन् एजेण्डा ?
काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा जेठ २५ गतेका लागि बोलाएको छ ।
जेठ ६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा न ११ मा दिउँसो २ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा विषेश प्रस्ताव माथि छलफल तथा निर्णय र प्रबन्धपत्रको दफा ६ को (घ) मा संशोधन गर्ने सम्बन्धमा विषेश प्रस्ताव माथि छलफल तथा निर्णय गर्ने छ ।














