इमर्जिङ्ग भेञ्चरमा साढे ६ करोड लगानी गर्दै इमजिङ्ग नेपाल
काठमाडौं । इमजिङ्ग नेपालले इमर्जिङ्ग भेञ्चर लिमिटेडमा लगानी गर्ने भएको छ ।
कम्पनीले संस्थापक शेयरधनी भई कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा दर्ता नं. २९८५४७/०७९/०८०, भई भदौ २२ गते मा स्थापना भएको इमर्जिङ्ग भेन्चरमा लगानी गर्ने भएको हो ।
कम्पनीले इमर्जिङ्ग भेञ्चरमा प्रतिकित्ता १०० रुपैयाँ दरमा ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयर लगानी गर्ने भएको हो । उक्त रकम कम्पनीले माग गरेको बखत भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

















