माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध गुञ्जियाे स्वर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध गुञ्जियाे स्वर



काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाइरहेका युवाहरुले ‘हामीलाई सहायता दिने नेता चाहियो, आफूलाई पोस्ने होइन,’ ‘अति भयो झुट, अति भयो माफी,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन,’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

यस्तै ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन भन्ने नारा गुञ्जिरहेका छन् ।

प्रदर्शनमा कतिपयले सरकारलाई ‘हामीले तिरेको कर कहाँ छ ?’ भनेर प्रश्न पनि उठाएका छन्।

यस्तै नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै जेनजी युवाहरूले भ्रष्टाचार, बेरोजगारी, अन्याय र विफल शासनविरुद्ध आक्रोश पोखेका छन्।

सो प्रदर्शनलाई लक्षित गर्दै सरकारले काठमाडौं उपत्यकामा कडा सुरक्षा व्यवस्था मिलाएको छ। माइतीघर, लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, बागबजार, नयाँबानेश्वरलगायत स्थानहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्