पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सहारा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सहारा



काठमाडौं । कोरोना संक्रमित भई काठमाडौंमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमललाई अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ ।

शनिबार दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना हुनुभएका पूर्वराजपरिवारका सदस्यहरुको श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन । तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्