काठमाडौं । आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ । मंगलबार प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ