काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले प्रशासन, पूर्वाधार, कानुन र सामाजिक क्षेत्र समेटिएका १२ निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले राप्ती, गढवा र शितगंगा क्षेत्रमा रोक्का रहेका निजी जग्गाहरूलाई सर्तसहित फुकुवा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। साथै, राप्ती गाउँपालिकाका सबै वडा, गढवा १–३ र शितगंगा