उद्योग विभागले भौतिक उपस्थितिलाई सीधै निरुत्साहित गर्दै अधिकांश सेवा पूर्ण रूपमा अनलाइनबाटै लिन आग्रह गरेको छ भने २५ करोडभन्दा कम पूँजी भएका उद्योगका काम अब प्रदेशस्तरबाटै हुने व्यवस्था मिलाएको छ। काठमाडौँ । लामो समयदेखि कागजी प्रक्रिया र भीडभाडको केन्द्र बन्दै आएको उद्योग विभागले सेवाग्राहीलाई कार्यालयको चक्करबाट मुक्ति दिने गरी आफ्ना
काठमाडौँ । टोकियो र वासिङ्टनले येनको विनिमय दरलाई उकास्न मुद्रा बजारमा संयुक्त रूपमा हस्तक्षेप गरेका छन्। विगत चार दशकयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको जापानी मुद्रा येनको अवमूल्यन रोक्न दुवै देशले यो ठूलो कदम चालेको विषय सोमबार सार्वजनिक हुँदैछ। जापानकी अर्थमन्त्री सात्सुकी कातायामाले यससम्बन्धी औपचारिक घोषणा गर्ने तयारी गरेकी छिन्। संवेदनशील
पशुपति खाद्य तेल उद्योगले चालु आर्थिक वर्षको नौ महिनामा १० अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ भने कुल बिक्रीको करिब ८५ प्रतिशत हिस्सा भारततर्फको निर्यातले ओगटेको छ। काठमाडौँ । नेपालको प्रतिष्ठित खाद्य उद्योगमध्ये एक मानिने पशुपति खाद्य तेल उद्योगले आफ्नो व्यापारिक कारोबारमा उल्लेख्य सफलता हासिल गरेको छ। पछिल्लो
काठमाडौँ । भारतीय बजारमा जुलाई २०२६ को कार बिक्री तथ्याङ्क सार्वजनिक भएको छ, जसमा अधिकांश अटोमोबाइल ब्रान्डहरूले गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गरेका छन्। यस महिनामा टाटा मोटर्सले कुल ६३ हजार ७६० युनिट सवारी साधन बिक्री गरेको छ भने ह्युण्डाइले घरेलु बजार र निर्यातसहित कुल ७५ हजार ३६० सवारी
काठमाडौँ। लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लालाई जोड्ने प्रमुख राजमार्ग तथा सडकहरूमा यातायात सेवा प्रभावित भएको छ। कतिपय सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा जोखिम बढेपछि रातिको समयमा सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार अत्यधिक वर्षा, पहिरो र
काठमाडौं । नेपाल सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा आमरण अनसनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्। शुक्रबार साँझ अर्थ मन्त्रालयमा सरकारद्वारा गठित वार्ता टोली र संघर्ष समितिका प्रतिनिधिबीच भएको छलफलपछि पाँचबुँदे सहमति
काठमाडौं। बैंक तथा वित्तीय संस्थासँग ऋण प्रवाह गर्न पर्याप्त स्रोत हुँदाहुँदै पनि निजी क्षेत्रले नयाँ कर्जा लिन चासो देखाएको छैन। बैंकिङ प्रणालीमा करिब १४ खर्ब रुपैयाँ बराबरको अधिक तरलता थुप्रिएको अवस्थामा पनि उद्योग, व्यापार र अन्य उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्दा अर्थतन्त्रको गति अपेक्षाअनुसार बढ्न सकेको छैन। तरलता फालाफाल
लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय
काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको
शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई पचास लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमित हरि प्रसाद काफ्लेले २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा
काठमाडौं । तराई–मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पछिल्लो समय देखिएको तनाव र हिंसात्मक घटनालाई थप फैलिन नदिन स्थानीय तहमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफलमा सहभागी सांसदहरूले स्थानीय समुदाय, धार्मिक अगुवा तथा अन्य सरोकारवालासँग निरन्तर संवाद गरेर शान्ति र सामाजिक सद्भाव कायम गर्न पहल गर्ने बताएका हुन्। उनीहरूले सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, भ्रामक सूचना तथा हिंसा भड्काउने गतिविधिमाथि निगरानी बढाउनुपर्नेमा पनि जोड दिएका छन्। सांसदहरूले सरकारलाई पनि आवश्यक कदम चाल्न सुझाव दिएका छन्। उनीहरूका अनुसार सीमा नाकामा सुरक्षा निगरानी थप कडा