एनवाईइएफ ललितपुर च्याप्टरको स्थापना कार्यक्रम सम्पन्न, अध्यक्षमा पुनः आभूषण ज्योति कंसाकार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनवाईइएफ ललितपुर च्याप्टरको स्थापना कार्यक्रम सम्पन्न, अध्यक्षमा पुनः आभूषण ज्योति कंसाकार



काठमाडौं । नेपाली यूवा उद्यमी मञ्च (एनवाईइएफ) अन्तर्गत ललितपुर च्याप्टरको स्थापना कार्यक्रममा यूवा उद्यमीलाई शसक्तिकरण गर्न र व्यापार व्यवसायमा सकारात्मक धारणा अभिवृद्धि गर्ने उद्देश्यका साथ ६ फागुनमा कार्यक्रम सम्पन्न भएको छ ।

स्थापना कार्यक्रम एनवाईइएफ ललितपुर च्याप्टरले होटल र्याडिसन, काठमाडौंमा आयोजना गरेको थियो । ललितपुर च्याप्टरका पदाधिकारीहरुको कार्य समिति यूवा उद्यमी आभूषण ज्योति कंसाकारको अध्यक्षतामा गठन गरिएकोमा उक्त कार्य समितिको आधिकारिक परिचय एनवाईइएफको राष्ट्रिय परिषद्लाई गराउनुका साथै ललितपुर च्याप्टरबाट राज श्रेष्ठ प्रथम उपाध्यक्ष र सुविन श्रेष्ठ द्वितीय उपाध्यक्ष अध्यक्षको मातहतमा नयाँ कार्य समितिको गठन भएको हो ।

त्यस्तै नयाँ कार्य समितिका सदस्यहरु मनिष थापा, रोविन झा, शिखर पाण्डे, इल्भिश रञ्जित, निरज अग्रवाल, विश्वास अधिकारी र विलाशा श्रेष्ठ चयन भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष, राष्ट्रिय पदक बिजेता, तथा अनुकरणीय महिला उद्यमी भवानी राणाले उक्त कार्यव्रmममा आफ्नो मन्तव्य दिएका थिए । उनले ललितपुर च्याप्टरका नयाँ कार्य समितिमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

यूवा उद्यमीलाई एनवाईइएफले अगाडी बढ्न महत्वपूर्ण योगदान पु¥याउनुका साथै यूवाहरुलाई कसरी आकर्षित गर्ने र व्यवसायमा सकारात्मक सोचका साथ नेतृत्वदायी भूमिका निर्वाह गरी लक्ष्य हासिल गर्ने छ भनी धारणा व्यक्त गरे ।

त्यसैगरी राष्ट्रिय परिषद्का अध्यक्ष उदीप श्रेष्ठले एनवाईइएफले हालसम्म गरेको कार्यहरुको चर्चा गर्दै यसको मूल्य र मान्यता बारे जानकारी गराएका थिए ।

उनले एनवाईइएफ यूवा उद्यमीहरुबीच उत्कृष्ट संस्था भएको र ललितपुर च्याप्टरका नयाँ कार्य समितिमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल शुभकामना दिए ।


प्रतिक्रिया दिनुहोस्