सुनको मुल्य तोलामै करिब एक लाख पुग्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनको मुल्य तोलामै करिब एक लाख पुग्यो



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेर एक लाख नजिक पुगेको छ । पछिल्लो एक सातामा मात्रै सुनको भाउ १ हजार ९०० रुपैयााले बढेको हो । महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन एकैदिन तोलामा ९०० रुपैयाँले बढेको हो ।

शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाला सुन तोलाको ९९ हजार रुपैयाँ र तेजावी सुन ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ बढेपनि चाँदीको भाउ भने आज स्थीर रहेको छ । आज पनि चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ । बिहीबार ५ रुपैयाँले बढेर चाँदी आजकै मूल्य अर्थात तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्