हिमाल दोलखा हाइड्रोपवारको संचालक समितिमा ५ जना निर्वाचित - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

हिमाल दोलखा हाइड्रोपवारको संचालक समितिमा ५ जना निर्वाचित



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको सभाले ५ सदस्यी संचालक समिति गठन गरेको छ । कम्पनीको भदौ १९ गते सम्पन्न साधारण सभाले आगामी ४ वर्षका लागि ५ जनाको संचालक समिति गठन गरेको हो ।

जसमध्ये संस्थापक सेयरधनीको समूहबाट रञ्जना दहाल (इलाम) , जितेन्द्र श्रेष्ठ (सुनसरी) र राजन श्रेष्ठ ( काभ्रेपलाञ्चोक) तथा सर्वसाधारण सेयरधनीहरुको समूहबाट बिनोद बालाखे (काभ्रेपलाञ्चोक) र श्यामनाथ कायस्थ (काभ्रेपलाञ्चोक) रहेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्