सिटिजन लाइफको खुद बीमाशुल्क २ अर्ब १२ करोड नाघ्याे, प्रतिशेयर आम्दानी कति ?
काठमाडाैं । चालु आर्थिक वर्षकाे पहिलाे त्रैमासमा सिटिजन लाइफ इन्स्योरेन्सले १३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ ।
कम्पनीले सार्वजनिक गरेकाे चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरणअनुसार गत वर्षको असाेज मसान्तकाे तुलना कम्पनीकाे खुद नाफा ०.४३ प्रतिशतले वृद्धि भएकाे हाे ।
गत वर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
यस्तै समिक्षा अवधिमा कम्पनीको कुल बीमशुल्क आर्जन गत बर्षको तुलनामा २७ प्रतिशत बढेकाे छ । गत वर्ष १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकाे मम्पनीले अहिले २ अर्ब २३ करोड रुपैयाँ पुर्याएकाे छ ।
यस्तै गत वर्ष १ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकाे कम्पनीले यस वर्ष २ अर्ब १२ करोड रुपैयाँ पुर्याएकाे छ ।
यस्तै समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १४८.९३ रुपैयाँ रहेको छ।
यता पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा २१ अर्ब ५९ करोड रुपैयाँ रकम संचिति रहेको छ ।













